Wednesday, May 22, 2024

प्रतिनिधि सभा सदस्य महेश बर्ताैलालाई स्वागत तथा सम्मान

ताजा / भरखरै प्राप्त

मनहरी–पुस १५ गते । नेकपा एमाले मनहरी गाउँ कमिटीले शुक्रबार मकवानपुर जिल्ला प्रतिनिधि सभा २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बर्ताैलालाई स्वागत तथा सम्मान गरिएको छ ।

नेकपा एमाले मनहरी गाउँ कमिटीको सचिवालय बैठकमा सांसदा बर्तौलालाई स्वागत तथा सम्मान गरिएको हो ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्रको भवनमा भएको कार्यक्रममा बोल्दै बर्तौलाले कठिन परिस्थितिका बाबजुद पनि जित दिलाउन सहयोग पुर्याएको भन्दै सबै कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

साथै अव मकवानपुर जिल्लाको विकास निर्माणको कार्यमा केन्द्र सरकारले गर्नुपर्ने भुमिकालाई सदैव घचघचाउने समेत बताउनुभयो ।

साथै विकास निर्माणको काममा सदैव जनताको घरदैलोमा पुग्न तयार रहेको समेत बताउनुभयो । त्यस्तै कार्यक्रममा मंसिर ४ गते सम्पन्न चुनावको वडागत तहबाट समिक्षा गर्ने समेत जनाएको छ ।

निर्वाचनमा पार्टीले भोग्नुपरेको समस्या तथा निर्वाचनको परिणामको विषयमा वडागत तहबाट छलफल गर्न लागेको नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले बताउनुभयो ।

नेकपा एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नविन सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका उप सचिव तथा मकवानपुर जिल्ला प्रतिनिधि सभा सांसद महेश बर्ताैलाको प्रमुख आतिथ्यता तथा पार्टीका बागमती प्रदेश कमिटी सदस्य तथा निवर्तमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको विशेष आतिथ्यता रहेको थियो ।

लोकप्रिय

Related Articles