Sunday, September 15, 2024

राक्सिराङ गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन एबम् बजारीकरणका लागि अन्तरक्रिया गर्ने

ताजा / भरखरै प्राप्त

राक्सिङ–पुस १५ गते । राक्सिराङ गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भएको छ ।

स्थानीयरुपमा उत्पादन हुने अन्न बालीहरुलाई बजारीकरण गर्नका लागि गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन एबम् बजारीकरणका लागि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, अगुवा कृषक, सहकारीकर्मी, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, पत्रकार एबम् अन्य सरोकारवाला निकायहरुलाई उपस्थित हुन समेत भनेको छ ।

राक्सिराङ गाउँपालिकामा उत्पादन हुने, कोदो, मकै, तोरी, अदुवा, केरा, तकारीबाली जस्ता कृषि उत्पादनलाई प्रवद्र्धन गर्दै बजारीकरण गर्न लागेको हो ।

जसको कारण स्थानीयरुपमा कृषकहरु प्रत्यक्ष लाभान्वित हुने छन् । गाउँपालिकामा उत्पादन हुने अन्य दलहन, तेलहन, नगदे, खाद्यबालीहरुलाई प्रवर्धन गर्दै बजारीकरण गर्दा आर्थिक विकास हुेन विस्वास गरिएको छ ।

यहि पुस १८ गते आइतबार सम्बन्धीत सरोकारवालाई व्यक्तीहरुलाई अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन गाउँपालिका अध्यक्षद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अन्तरक्रिया कार्यक्रम गाउँपालिकाको कार्यलयको सभाहल चैनपुरमा पुस १८ गते विहान १० बजे हुने जनाएको छ ।

लोकप्रिय

Related Articles