Friday, September 13, 2024

मनहरीमा ईसाई धर्मावलम्वीहरुले मनाए ‘क्रिसमस डे’ अन्य धर्मावलम्वीको पनि आकर्षण बढ्दो

ताजा / भरखरै प्राप्त

मनहरी–पुष १० गते । ईसाई धर्मावलम्बीहरुले आइतबार उनीहरुको महत्वपुर्ण पर्व क्रिसमस धुमधामका साथ मनाएका छन् ।

क्रिसमसको अवसरमा मनहरी गाउँपालिकाका इसाइ धर्मावलम्वीहरुले आ–आफ्ना चर्चहरुमा उत्साहका साथ क्रिसमन मनाएका हुन् ।

नेपालमा २०६२/६३ को जनआन्दोलन पछि देशमा धर्म निरपेक्षता घोषणा भएसंगै ईसाई धर्मावलम्बीहरु पनि बढेका छन् । बजार, विद्यालयहरुमा पनि यस पर्वले प्राथमिकता पाउने गरेको छ ।

अन्य धर्मावलम्वीका व्यक्तिहरु पनि स्यान्टाका भेष धारण गरी सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने, शुभकामना दिने गर्दछन् ।

जिजस क्राइस्टको जन्मोत्सवको अवसरमा इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा यो पर्व मनाउने गर्दछन् । यस दिन घर तथा चर्चहरुमा इसाईको भजन गाउँदै जिजस क्राइस्टको महिमान गर्दछन् ।

यस दिन एक अर्कामा शुभकामना आदन प्रदान गर्ने, नाचगान गर्ने, मिठा मिठा खाने कुरा खाने, आफ्ना आफन्तविच मायाँ स्नेह साटासाट गरी यो पर्व मनाउने गर्दछन् ।

यस पर्वको अवसरमा नेपाल सरकारले सार्वजजनिक विदा समेत दिने गरेको छ । यो पर्वले एक आपसमा भाइचारा, बन्धुत्वको विकास हुने पास्टरहरु बताउछन् ।

हिन्दु धर्मावलम्वीहरुले दशैँमा नयाँ लुगा, मिठा मिठा खाने कुरा खाने टाढा टाढा रहेका आफ्ना आफन्त भेट्ने गरि मनाए झैँ यस दिन अर्थात डिसेम्बर २५ मा ईसाई धर्मावलम्वीहरुले सोहीरुपले मनाउने गर्दछन् ।

लोकप्रिय

Related Articles