Friday, February 14, 2025

राक्सिराङका बालबालिकालाई मानव अधिकारबारे तालिम

ताजा / भरखरै प्राप्त

राक्सिराङ–पुस ७ गते । राक्सिराङ गाउँपालिकामा गठित बाल अधिकार चेतना समूहका बालबालिकाका लागि मानव अधिकारसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा राक्सिराङ गाउँपालिका ३ स्थित सूर्याेदय माध्यमिक विद्यालयमा दुई दिने तालिमको सुरुवात गरिएको हो ।

तालिममा सूर्याेदय माध्यमिक विद्यालय र राक्सिराङ ५ स्थित प्रजा जागृति आधारभूत विद्यालयमा गठित बाल अधिकार चेतना समूहका विद्यार्थीहरु सहभागी रहनु भएको छ । तालिममा बाल अधिकार, बाल दुव्र्यवहार, मानव अधिकार र बाल भित्तेपत्रिका प्रकाशन लगायतका बिषयहरुमा सहजीकरण गरिएको इन्सेकका सहजकर्ता सलीना गौतमले जानकारी दिनुभयो ।

तालिममा सञ्चारकर्मी शिवकुमार रिजाल काशी र इन्सेक बागमती प्रदेश कार्यालयकी फोकल पर्सन बालुका न्यौपानेले सहजीकरण गर्नु भएको छ ।

तालिमको उद्घाटन गर्दै राक्सिराङ गाउँपालिका ३ नं वडाध्यक्ष उत्तम वाइबाले बालबालिकाहरुले बाल अधिकार र मानव अधिकारका बारेमा सानैदेखि बुझ्दै जानुपर्ने आवश्यकता औल्याउँदै त्यो अबसर जुटाइदिएकामा इन्सेकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम सूर्याेदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीको सभाध्यक्षतामा भएको हो । इन्सेकले मानव अधिकार परियोजना अन्तर्गत राक्सिराङ गाउँपालिकामा तीन बर्ष मानव अधिकार शसक्तिकरणको क्षेत्रमा काम गर्ने बताइएको छ ।

लोकप्रिय

Related Articles