Wednesday, May 22, 2024

ज्यामिरे कालिका सामुदायिक वनको साधारण सभा पुस २३ गते

ताजा / भरखरै प्राप्त

मनहरी–पुस ७ गते । मनहरी ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहको बार्षिक साधारण सभा आगामी पुस २३ गते तोकिएको छ ।

नयाँ भवन निर्माण गरिरहेको यो समूहको साधारण सभा पुस २३ मा गर्ने गरी तयारी थालिएको समूहका अध्यक्ष दीपक पुलामीले जानकारी दिनुभयो ।

पुस ७ गते बसेको कार्य समिति बैठकले समूहको २६ औँ साधारण सभाको मिति तय गरेको अध्यक्ष पुलामीले जानकारी दिनुभयो । साधारण सभामा आर्थिक, र प्रगति प्रतिवेदनहरु प्रस्तुत हुनेछन् ।

मनहरी सव डिभिजन कार्यालय अन्तर्गत सबैभन्दा बढी वन पैदावार उत्पादन हुने र वन संरक्षणका लागि नमूना काम देखाउने स्थानको रुपमा यो समूहले सक्रियता देखाए पनि पछिल्ला समय समूहप्रति आलोचना बढ्दै गइरहँदा साधारण सभा आयोजना गरिएको हो ।

लोकप्रिय

Related Articles