Tuesday, April 16, 2024

मनहरीमा भएको आँखा शिविरमा ४८ जना मोतिविन्दुका विरामी फेला

ताजा / भरखरै प्राप्त

मनहरी– मंसिर २९ गते । विहिबार मनहरीमा भएको आँख शिविरमा २०० जनाले आँखाको परिक्षण गरेका छन् ।

हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा भएको आँखा शिविरमा नेपाल रेडक्रस सोसाइटि उपशाखा मनहरी र मनहरी सामुदायिक आँखा अस्पताल मनहरीको संयुक्त स्थानीय आयोजनामा कार्यक्रम भएको हो ।

शिविरमा २०० जना मध्इ ४८ जनामा मोतिविन्दुको विरामी फेला परेका छन् । मोतिविन्दुका समस्या देखिएकाहरुलाई शुक्रबार हेटौडाँ सामुदायिक आँखा अस्पतालमा शल्यक्रियाका लागि लगिने नेपाल रेडक्रस सोसाइटी उपशाखा मनहरीका सभापति नुरोज पौडेलले बताउनुभयो ।

मोतिविन्दुका विरामीहरुलाई निशुल्करुपमा शल्यक्रिया गरिने समेत जनाएको छ ।

लोकप्रिय

Related Articles