Friday, September 13, 2024

प्रजा जागृति आधारभुत चैनपुरमा अर्पण प्रजाको अध्यक्षतामा बाल अधिकार समूह गठन

ताजा / भरखरै प्राप्त

राक्सिराङ– मंसिर २९ गते । अनौपचारिक शिक्षा केन्द्र (ईन्सेक) बागमती प्रदेशले बिहिबार राक्सिराङगाउपालिका वडा नम्बर ५ रहेको प्रजा जागृति आधरभुत बिधालयमा परिचयात्मक तथा बाल अधिकार समूह गठन गरेको छ ।


मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत संस्थाले बिद्यालयमा बाल अधिकार समूह गठन गरेको (ईन्सेक) बागमतीका सहजकर्ता सलिना गौतमले बताउनुभयो । बिद्यालय स्तरमा बालबालिकालाई मानव अधिकारको बारेमा सचेत पार्नको लागि बिद्यालयका बालबालिकाहरुलाई पनि समेटेर अगाडि गईयो भने समाजमा मानव अधिकारको प्रत्याभुती र समाजमा सुशासन कायम गराउनको लागि सहयोग पुर्याउन बिद्यालय स्तरमा बाल अधिकार समूह गठन गर्न लागेको (ईन्सेक) सहजकर्ता गौतमले जानकारी दिनुभयो ।

राक्सिराङ गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि बहादुर प्रजाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रजाले राक्सिराङ गाउपालिकामै मानव अधिकारका सवालमा काम गर्ने संस्था (ईन्सेक) भएको भन्दै मिलेर वडा सरकार सङ्गै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै बालबालिकालाई बाल अधिकार र मानव अधिकारको बारेमा सस्थाले आफ्ना वडाका बालबालिकालाई थप जानकारी मिल्ने र मानव अधिकार तथा बाल अधिकारको बारेमा आफु पनि जानकार र अरु साथिभाईलाई पनि बुझाउन सक्ने बन्न शुभकामना दिनुभयो ।

त्यस्तै राक्सिराङ गाँउपालिका सामाजिक बिकास शाखाका गोबिन्द बिश्वकर्माले समाजमा अझै पनि मानव अधिकार भनेको के हो? र बिद्यालयमा पढ्दै गरेको बालबालिकाहरुलाई अधिकारको बारेमा त्यत्ती जानकारी नभएको भन्दै संस्थाले गर्न लागेको यो कार्यमा गाँउपालिकाले पनि सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा अर्पण प्रजाको अध्यक्षतामा, रोजन प्रजा सचिब, सोरिया प्रजा सह सचिब रहने गरि १३ सदस्यीय समिती गठन भएको छ । साथै शिक्षक संरक्षकमा सर्मिला पौडेललाई चयन गरिएकोछ ।

संस्थाले यसभन्दा अगाडि राक्सिराङ गाँउपालिकाकै ३ नम्बरमा रहेको सुर्योदय माबिमा बाल अधिकार समूह गठन गरिसकेकोछ । समाजमा पुर्ण रुपमा मानव अधिकारको प्रत्याभुती दिलाउनको सामाजिक बिकृती र ढिलासुस्ती प्रती सरकार र सम्बन्धित निकायलाई झकझकाउदै सभ्य समाज निर्माणको लागि सस्थाले कार्य गर्दै आईरहेको छ ।

कार्यक्रममा वडा अध्यक्ष हरि प्रजाको प्रमुख आतिथि, सामाजिक बिकाश शाखाका गोबिन्द बिश्वकर्मा, महिला तथा बालबालिका शाखाका गोमा पन्त, बिब्यस सदस्य सुरक्षा प्रजा, सहायक प्रअ
रामप्रसाद सापकोटा, रेडियो मनहरी एफएमका स्टेसन म्यानेजर शिव कुमार रिजाल , देब कुमार प्रजा लगायतका आतिथ्यता रहेको थियो । प्रजा जागृतिका प्रअ सुर्य बहादुर प्रजाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण (ईन्सेक) सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।

लोकप्रिय

Related Articles