Wednesday, May 22, 2024

चिउरी संरक्षणका लागि चेपाङ, चिउरी र चमेरा कार्यक्रम

ताजा / भरखरै प्राप्त

मनहरी–मंसिर २७ गते । चिउरीको संरक्षण र यसको महत्वलाई जोगाइराख्नका निम्ति फरेष्ट्री युथ नेटवर्क संस्थाले जनचेतनामुलक कार्यक्रम गरेको छ ।

मकवानपुर जिल्लाका विभिन्न विद्यालय, कलेज तथा समुदायमा जनचेतनामूलक अनि सिपमुलक कार्यहरू गर्दै संस्थाले चेपाङ, चिउरी र चमेराका कुरा चेपाङ समुदायकै बालबालिकासँगै, सिक्ने र सिकाउने कार्यक्रमको आयोजना गरेको हो ।

No description available.

चेपाङ समुदायहरुको बसोबास रहेको एउटा मूख्य जिल्ला मकवानपुर र चिउरीको रुख पाइने जिल्ला पनि भएकाले चिउरीको संरक्षण र यसको महत्व लाई जोगाइराख्नका निम्ति सोमबार राष्ट्रिय रोटरी माध्यमिक विद्यालय मनहरी–७, का कक्षा ११ र राकशीराङ–६, सिलिङ्गेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा आठका विद्यार्थीहरूमाझ जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा चिउरी सम्बन्धी रिसर्च गर्नुभएका तथा वन बिज्ञान संकायका शिक्षक श्रीहरि भट्टराई प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । उहाँले चिउरीको महत्व र यसका वैज्ञानिक र सामाजिक फाइदाहरुका बारेमा प्रष्ट पार्नुभएको थियो ।

चेपाङ चिउरी र चमेरोको सम्बन्धलाई नजिकबाट बुझ्ने र बुझाउने उदेश्यका साथ संपन्न भएको कार्यक्रममा विद्यार्थीहरुले पनि उत्सुकताका साथ सहभागीता जनाएका थिए ।

राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलको उपस्थितिमा भएको कार्यक्रममा सहभागी राष्ट्रिय रोटरी माविकी कक्षा ११ कि विधार्थी अस्मिता प्रजाले आफु चेपाङ समुदायको नै भएर पनि कत्ति कुरा बाउ–बाजेले भनेको सुनेको, चिउरीको घिउ बनाउने कुरा देखी खेतबारीमा मल हाल्ने कुराहरु सुनेको बताइन् ।

त्यस्तै कार्यक्रममा सहभागी भएपछि अर्का एकजना विधार्थीले भने आफूले चिउरीको बारेमा साथै जलवायु प्रदूषण सम्बन्धि धेरै नयाँ जानकारी पाएको र अब विद्यालयमा बाल क्लबहरू बनाई वातावरण संरक्षण सम्बन्धि यस्तै किसिमका नयाँ कार्यक्रमहरू गर्ने ईच्छा व्यक्त गरे ।

यसैगरी सोही दिन भएको श्री राष्ट्रिय माध्यमिक विद्यालयको कार्यक्रममा पनि विद्यार्थीहरु निकै खुसी साथ सहभागीता जनाएका थिए । उक्त विद्यालयका सह प्रधानाध्यापक राम बहादुर थिङको विशेष उपस्थिति तथा अन्य शिक्षक शिक्षिकाको उपस्थितिमा कक्षा आठका बिधार्थीहरुलाई केन्द्रित गरी चिउरीको संरक्षणमा चेपाङ समुदायको भूमिका र भइराखेका कार्यहरू र जलवायु परिवर्तनले पारेका असरका बारे क्षलफल गएिको थियो ।

मुख्यत चेपाङ्ग समुदायका विधार्थीहरुनै पढ्ने उक्त विद्यालयमा सो समुदायलाई प्रतिनिधित्व गर्ने प्राध्यापकहरू पनि भएकाले र विधार्थीहरूले पनि चेपाङ र तामाङ गीत संगै राक्सीराङको भाकाले स्वागत गरेकाले कार्यक्रम रमाइलो भएको तथा आगामी दिनमा त्यस्ता कार्यक्रम हरू अझै गर्न हौसला मिलेको फरेश्ट्री युथ नेटवर्कका कार्यक्रम संयोजक लक्ष्मण खनालले बताउनुभयो । दुबै कार्यक्रममा रमाइलो प्रस्तुति दिने विद्यार्थीहरूलाई हौसला स्वरुप पुरस्कार समेत प्रदान गएिको थियो ।

लोकप्रिय

Related Articles