Wednesday, February 18, 2026

मनहरीमा ट्रकले किच्दा महिलाको मृत्यु

ताजा / भरखरै प्राप्त

मनहरी–कात्तिक ६ गते । मनहरी गाउँपालिका ७ निर्मलबस्तीमा भएको दुर्घटनामा परेर सोही स्थानकी ६५ बर्षीया इन्द्रकुमारी स्याङ्तानको मृत्यु भएको छ ।

ना ८ ख १२५६ नं को ट्रकले किच्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो । चितवनबाट खाली ट्रक हेटौँडा जाने क्रममा थियो ।

ट्रक र ट्रकचालक धनुषा जिल्लाको मिथिला नगरपालिका ६ निबासी २५ बर्षीय सन्जीवकुमार महतोलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

मृतक इन्द्रकुमारी चितवनको राप्ती नगरपालिका वडा नं १ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तानकी आमा हुनहुन्छ ।

लोकप्रिय

Related Articles