Tuesday, February 17, 2026

मनहरीमै उत्पादन भयो सोया वाक्सको डिजाइनयुक्त मैनबत्ती, होम डेलिभरी सेवा

ताजा / भरखरै प्राप्त

मनहरी–कात्तिक २ गते । मकवानपुरको दोस्रो प्रमुख ब्यापारिक केन्द्र मनहरीमा व्यवसायिक रुपमा मैनबत्ती उत्पादन सुरु गरिएको छ ।

सोया वाक्स (गुणस्तरीय मैन) प्रयोग गरी बिभिन्न डिजाइनका मैनबत्तीहरु उत्पादन गरिएको हो । दीपावली, नेपाल सम्बत र छठ पुजालाई लक्षित गरी मनहरी गाउँपालिका ९ ज्यामिरेमा नवउद्यमी पार्वती रेग्मीले मैनबत्तीको उत्पादन गरी बिक्री सुरु गर्नु भएको हो । तिहारअघि थालिएको मैनबत्ती उत्पादन र समुदायबाट भएको मागपछि आफू उत्साहित भएको रेग्मीले बताउनुभयो ।

‘उत्पादन सुरु भएको छोटो समयमै हेटौँडा, चितवन, धादिङ, बारा लगायत जिल्लाहरुमा हामीले ठूलो परिमाणका मैनबत्ती सप्लाइ गर्न सफल भएका छौं’, रेग्मीले भन्नुभयो ।

बजारमा पाइने प्याराफिन वाक्सबाट निर्मित कमसल मैनबत्ती यसअिघ प्रयोग गर्दै आइरहेका उपभोक्ता र ग्राहकहरुले यसपटक सोया वाक्सबाट उत्पादित बासनादार र विभिन्न आकार आकृतिहरुमा उत्पादित मैनबत्ती प्रयोग गर्ने क्रम बढेको बताइएको छ ।

‘हामीसँग कमल, लड्डु, दियो, तथा फूलका आकृतिका समेत मैनबत्ती पर्याप्त उपलब्ध छन्’, रेग्मीले भन्नुभयो–‘लामो समय बलिरहने र मैनबत्ती बाल्दा बासना समेत आउने भएकाले कोठा सुन्दर देखिएर बासना समेत आउने भएकाले यस्ता मैनबत्तीहरुको धेरै माग भइरहेको छ ।’

उहाँका अनुसार नजिकका स्थानहरुमा मागका आधारमा होम डेलिभरी आफैले गर्ने र अन्य जिल्लाका सहरहरुमा यातायात सेवामार्फत पठाउने ब्यवस्था गरिएको छ ।

चाडपर्व सकिए लगत्तै मैनबत्तीको ब्राण्डिङ गर्ने र आधिकारिक रुपमा उद्योगकै रुपमा अघि बढाउने सोचका साथ आफू अघि बढेको रेग्मीले बताउनुभयो ।

लोकप्रिय

Related Articles