Wednesday, February 18, 2026

भोलि मनहरी क्षेत्रमा विद्युत अबरुद्ध हुने

ताजा / भरखरै प्राप्त

मनहरी–असोज २७ गते । मनहरी क्षेत्रमा भोलि असोज २८ गते मंगलबारका दिन विद्युत प्रबाह रोकिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रले सूचना प्रकाशन गरी रुखका हाँगाबिगा काटेर विद्युत प्रसारणलाई अझ चुस्त दुरुस्त बनाउनका लागि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत कटौती हुने जनाएको हो ।

जस अनुसार रजैया फिडर अन्तर्गत मनहरीदेखि रजैया डिल्लीपुर क्षेत्र, मनहरी फिडर अन्तर्गत मनहरी सव स्टेशनदेखि सुनाचुरी ब्यारेकसम्म र राक्सिराङ फिडर अन्तर्गतका राक्सिराङ गाउँपालिकाका पूरै वडा तथा कैलाश गाउँपालिकाको ४ र ७ का स्थानहरुमा विद्युत प्रबाह बन्द हुनेछन् ।

तोकिएको समयअघि नै मर्मत सम्भार कार्य सकिएका विद्युत सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।

लोकप्रिय

Related Articles