Monday, March 17, 2025

२२ गते मनहरीमा जम्मा हुँदै काँग्रेस, महामन्त्री शर्मा आउने

ताजा / भरखरै प्राप्त

मनहरी । फागुन २० गते । मनहरी गाउँपालिका ७ स्थित मनकामना मन्दिर परिसरमा नेपाली काँग्रेसले भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।

फागुन २२ गते आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिका सभापति प्रकाश बर्ताैलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली काँग्रेसले कम्तीमा ५ सय मानिस भेला गरी प्रशिक्षणात्मक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउने तय भएको सभापति बर्ताैलाले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिकाका अगुवा तथा क्रियाशील कार्यकर्ता प्रशिक्षणका साथै पार्टीको वर्तमान गतिविधिका बारेमा समेत, छलफल, अन्तरक्रिया र समिक्षा हुनेगरी कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश सभापति तथा यसै क्षेत्रका प्रदेश सांसद इन्द्रबहादुर बानियाँको बिशेष उपस्थिति रहनेछ ।

लोकप्रिय

Related Articles