Wednesday, December 11, 2024

सामाजिक काममा सामुदायिक वनको भूमिका महत्वपूर्णः अध्यक्ष कालाखेती

ताजा / भरखरै प्राप्त

मनहरी–मंसीर ९ गते । मनहरी ७ बिजौनास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १९ औँ बार्षिक साधारण सभा भएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सामुदायिक वनहरुको सक्रियताका कारण वन ढडेलो नियन्त्रणसहित र कतिपय विकास निर्माणका कामहरुमा समेत सघाउ पुगेको बताउनुभयो ।

साधारण सभामा समूहकी कोषाध्यक्ष शान्ता राईले आर्थिक बर्ष २०८०/८१ मा १ करोड १८ लाख ८८ हजार २९० रुपियाँको आयब्यय विवरण सार्वजनिक गर्नु भएको थियो ।

त्यसैगरी चालू आर्थिक बर्ष २०८१/८२ का लागि १ करोड ४ लाख ४७ हजार ६२७ रुपियाँको अनुमानित आय व्यय विवरण साधारण सभामा प्रस्तुत भएको थियो ।

वन समूहका अध्यक्ष रघुनाथ रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका अधिकृत दामोदर पाण्डे, सव डिभिजन वन कार्यालय मनहरीका प्रमुख डटेन्द्र गोले, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिव शम्भु न्यौपाने, मनहरी गाउँपालिका ७ नं वडा सदस्य नवराज सुवेदी, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरेश मुक्तान लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी डिपाड सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर मुक्तान, राष्ट्रिय रोटरी माविका अध्यक्ष शालिकराम बानियाँ, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, समाजसेवी इन्द्रकुमार भोलन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उपाध्यक्ष सोरिना सुवेदीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन रुपक घिमिरेले गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles