मनहरी–असार १७ गते । मनहरी गाउँपालिकाले परम्परागत आरनलाई सुधार गरी वैज्ञानिक र व्यवस्थित बनाउनका लागि १९ जनालाई आरन सुधारका उपकरण र सामग्रीहरु बितरण गरेको छ ।
दलित समन्वय समितिमार्फत उनीहरुलाई आरन सुधारका सामग्रीहरु बितरण गरिएको हो । आरन सुधारका सामग्री बितरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले कृषि औजार उत्पादन गर्ने आरनलाई व्यवस्थित र सुधार गरेर लैजान गाउँपालिकाले दलित समुदायलाई सहयोग गरेको बताउनुभयो ।
सामग्री बुझेका लाभग्राहीहरुले पनि गाउँपालिकाबाट समय सापेक्ष सामग्रीहरु प्राप्त गरेकामा खुसी ब्यक्त गरेका थिए ।