Thursday, April 23, 2026

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि साहित्य लेखन कार्यशाला सुरु

ताजा / भरखरै प्राप्त

मनहरी–जेठ २५ गते । मनहरी गाउँपालिकामा रहेका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि साहित्य लेखन कार्यशाला सुरु गरिएको छ ।

मनहरी गाउँपालिकाको आर्थिक सहयोग तथा मृगतृष्णा कला साहित्य डबलीको आयोजनामा दुई दिने साहित्य लेखन तालिम सुरु भएको हो । कार्यक्रम मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीको सभा हलमा आयोजना भएको छ ।

तालिमको उद्घाटन गर्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले मनहरी गाउँपालिकाको कला, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबैतिरबाट ध्यान जानुपर्ने बताउनुभयो । उहाँले कला साहित्य क्षेत्रको विकासका लागि मनहरी गाउँपालिका सदैव अग्रसर रहेको समेत जानकारी दिनुभयो ।

त्यसैगरी ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदीले स्वर्गीय रुपचन्द्र बिष्टले तत्कालीन पन्चायतकालमा ‘श्रीमान गम्भीर’ वाला राष्ट्रिय गानलाई बिस्थापित गर्दै विद्यालयहरुमा प्रचलनमा ल्याइएको नयाँ जागरण गान प्रस्तुत गर्नु भएको थियो ।

डबलीका अध्यक्ष सन्चबहादुर थिङ (सुन्दर लामा) को सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका स्रोतव्यक्ति बिदुर थापासहित डबलीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चल्ने तालिममा बालबालिकाहरुलाई कविता लेखन शैली, किताब पढ्ने बानीको विकास, कविता प्रस्तुत गर्ने शैली लगायतका बिषयहरुमा सीएम रिमाल र नरेन्द्रकुमार नगरकोटीले सहजीकरण गर्नुहुनेछ ।

लोकप्रिय

Related Articles