Wednesday, May 22, 2024

मनहरीमा भोलिबाट उपाध्यक्ष कप भलिबल, उदघाटन खेलमा ३ र ६ नं वडा भिड्ने

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २२ गते । मनहरी गाउँपालिका ४ गोलघरमा भोलिबाट उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

गाउँपालिकास्तरीय प्रतियोगिताको बिहान ११ बजे उदघाटन हुने कार्यक्रम रहेको आयोजक मनहरी गाउँपालिका खेलकदु विकास समितिले जनाएको छ ।

उदघाटन खेल वडा नं ३ र ६ बीच हुने समितिका अध्यक्ष एबम् कार्यक्रम संयोजक बिरु लामाले जानकारी दिनुभयो । लिग कम नकआउटको आधारमा खेलाइने खेलमा मनहरी गाउँपालिका ९ वटै वडाका टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बिधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन गरी आयोजकले उपाध्यक्ष कप भलिबल प्रतियोगिताको शिल्ड, ट्रफी तथा जर्सी सार्बजनिक गरिसकेको छ ।

लोकप्रिय

Related Articles