Tuesday, May 21, 2024

मनहरीमा माघ २३ गतेदेखि २६ गतेसम्म उपाध्यक्ष कप भलिबल

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २१ गते । मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

मनहरी गाउँपालिकाको सहयोगमा खेलकुद विकास समिति मनहरीले उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।

जस अनुसार मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरमा माघ २३ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुद विकास समितिका अध्यक्ष बीरु लामाका अनुसार ९ वटै वडाबाट भलिबल टिम दर्ता हुनेछ ।

सम्बन्धित वडा कार्यालयसँग समन्वयमा गरी टिम दर्ता गरी खेल खेलाइने उहाँले बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले यस बर्ष पुरुष भलिबल आयोजना गरिएपनि अर्काे बर्ष महिला भलिबल प्रतियोगितालाई प्रोत्साहन गर्नेतर्फ सबैको सुझाव आएको सुनाउनु भयो ।

उहाँले गाउँपालिकाले खेलक्षेत्रको विकासका लागि पर्याप्त ध्यान दिएकाले फुटबल, भलिबल लगायतका खेलहरुमा एकपछि अर्काे उपलब्धीहरु हासिल हुँदै गएको बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा आयोजकले प्रतियोगितामा सहभागी हुने टिमहरुको जर्सी समेत सार्बजनिक गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने टिमले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी बिधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा खेलकुद विकास समितिका सदस्यहरु, विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरुसहित खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles