Sunday, September 15, 2024

मनहरी महोत्सवमा थामिनसक्नु भिडः पशुपति र सम्झनाले नचाए, भोलि धुर्मुस सुन्तलीको पालो

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २० गते । पाँचौ मनहरी महोत्सव सुरु भएको पाँचौ दिन महोत्सवस्थल दर्शकहरुले भरिएको छ । १० हजार मानिसले महोत्सवको अवलोकन गरेको पाँचौ मनहरी महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक राजु राउतले बताउनुभयो ।

शनिबारको दिन परेकाले विद्यार्थीहरु, कर्मचारीहरु तथा व्यवसायीहरुले पनि फुर्सद निकालेर महोत्सव अवलोकन गर्न आउनाले एकैदिन दर्शकको चाप बढेको हो । त्यससँगै चर्चित कलाकारहरुलेको उपस्थितिले पनि दर्शक तानेको थियो ।

शनिबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र सम्झना लामिछाने मगरले दमदार प्रस्तुति दिनु भएको थियो । शर्माले ‘मलाई अमेरिका यहीँ, मलाई जापान पहि यहीँ’, ‘सारंगी ¥याइँ ¥याइँ भयो जीवन तिरीमिरी झ्याइँ’ लगायतका गीतहरु प्रस्तुत गर्नु भएको थियो । उहाँले गीत प्रस्तुत गरिरहँदा दर्शकहरु उत्तेजित भएर दर्शक दीर्घाबाट नाचिरहेका देखिन्थे ।

त्यसैगरी अर्की चर्चित गायिका सम्झना लामिछाने मगरले पनि गायत प्रस्तुत गर्नु भएको थियो । लामिछानेले ‘फुल फुलेर पहेलै भयो’ बोलको गीत दर्शक दिर्घामै गएर गाइदिनु भएको थियो । त्यस क्रममा दर्शकहरुले उहाँको हात समातेर नाचेका थिए ।

कार्यक्रममा कार्यक्रममा रियो छमछमीका बिजेता एबम् मनहरी गाउँपालिका ७ घर भएका सरोज प्रजा र उनको जोडी बिना राउतको नृत्यमा पनि दर्शकहरु तानिएका थिए । खासगरी युवा पुस्तामा टिकटक, र रिलमा दुबैजना लोकप्रिय छन् । कार्यक्रममा ,रेश्मा भोम्जन, दिपेन्द्र पुन, अनुसा चेपाङ लगायतले प्रस्तुति दिनु भएको थियो । आस्था कला केन्द मनहरीका तर्फबाट कोरियोग्राफर मनिष लामाको टिमले पनि निरन्तर नृत्यु प्रस्तुत गर्नु भएको थियो ।

माघ २१ गतेका लागि चर्चित कलाकारहरु धुर्मुश (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) सहित चर्चित गायिका अस्मिता अधिकारीसहित स्थानीय कलाकारहरु दिपक मुक्तान, उर्मिला चेपाङ र बिक्रम खाती, पवनकुमार चेपाङ र प्रेमकिशोरको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।

लोकप्रिय

Related Articles