Thursday, April 18, 2024

पुस २९ गते मनहरी गाउँपालिका र वडाहरुमा सेवा बन्द !

ताजा / भरखरै प्राप्त

मनहरी–पुस २७ गते । मनहरी गाउँपालिका र त्यस मातहतका ९ वटै वडाहरुबाट प्रबाह हुँदै आएको सबैखाले सेवा पुस २९ गते बन्द हुने भएको छ ।

सोही दिन १४ औँ हिउँदे अधिबेसनमा जनप्रतिनिधिहरु, कर्मचारीहरु खटिनुपर्ने भएकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।
सूचना प्रकाशन गरी सुवेदीले आकस्मिक सेवाहरु स्वास्थ्य, सुरक्षा र बिपदजन्यबाहेक अन्य सबै बन्द हुने उल्लेख गर्नु भएको छ ।

सेवा अबरुद्ध हुँदा पर्न जाने असुविधाप्रति सेवाग्राहीहरुसामु प्रमुख प्रशासकीय अधिकृत सेवदीले क्षमा माग्नु भएको छ ।

लोकप्रिय

Related Articles