मनहरी–भदौ २८ गते । मनहरी गाउँपालिका वडा नं ५ मा छायाँकन भएको लोकदोहोरी गीत सार्बजनिक भएको छ ।
‘जुनको छाँयाले’ नाम दिइएको लोकदोहोरी गीति एल्बम मनहरी गाउँपालिका वडा नं ५ बसन्तपुर घर भएका नव गायक सुजन परियारले सार्बजनिक गर्नु भएको हो ।
एल्बममा गायक परियार र गायिका बिमला सुनुवारको स्वर रहेको छ । गीतलाई चर्चित लोकदोहोरी गायिका टिका सानुको व्यक्तिगत युट्युब च्यानल ‘टिका सानु’ मार्फत सार्बजनिक गरिएको हो ।
मिलन श्रेष्ठको निर्देशनमा तयार भएको ‘जुनको छायाँले’ बोलको गीत सम्पूर्ण रुपमा बसन्तपुर गाउँ, झोलुंगे पुल लगायतका स्थानहरुमा छायाँकन गरिएको छ ।
कृष्ण राई ‘बिन्दास’ को शब्द रहेको गीतमा संगीत संयोजन कृष्ण लामिछाने गर्नु भएको छ ।
म्युजिक भिडियोमा नवगायक परिवार आफै शीर्ष भूमिकामा प्रस्तुत हुनु भएको छ । उहाँसँगै मोडल निहारिका थापा, पुजा बैजु र कृष्ण कार्कीको अभिनय रहेको छ ।
स्थानीय तहको निर्वाचनका बेला समेत चुनावी गीत गाएका परियारले विभिन्न माध्यमहरुबाट सांगीतिक क्षेत्रमा योगदान गरिरहेको मनहरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले बताउनुभयो ।
‘नवसर्जक र गायकहरुलाई हामीले प्रोत्साहन गरेका छौँ’, वडाध्यक्ष अधिकारीले भन्नुभयो–‘गाउँ समाजका प्रतिभालाई समाजमा चिनाउन र हौसला प्रदान गर्न स्थानीय सरकारको तर्फबाट सहयोग हुनेछ ।’
‘जूनको छायाँले’ एल्बम सार्बजनिक गर्नुअघि परियारले ‘कोशेली ‘पल्लो घरको झ्याल’ बोलको गीत सार्बजनिक गर्नु भएको थियो ।
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।