Saturday, April 4, 2026

राक्सिराङमा भदौ २१ र २२ गते बिदा

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी भदौ २१ र २२ गते बिदा घोषणा गरेको छ ।

सीमान्तकृत चेपाङ समुदायको उद्गम स्थलको रुपमा रहेको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको छोनाम पर्व (न्वागी) का अबसरमा दुई दिन बिदा गरिएको राक्सिराङ गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार प्रकृतिक पुजक सीमान्तकृत समुदाय चेपाङ न्वागी पर्वले मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अंगको रुपमा स्थान हासिल गरेको उल्लेख छ ।

राक्सिराङ गाउँपालिकासँगै बागमती प्रदेश सरकारले समेत भदौ २२ गतेलाई बिदा दिने निर्णय गरेको जनाइएको छ ।

मकवानपुर, धादिङ, चितवन, गोरखा, तनहूँ र लमजुङमा समेत बसोबास गर्दै आइरहेका सीमान्तकृत चेपाङ समुदाय न्वागी पर्वलाई राष्ट्रिय पर्व मानी संघीय सरकारले समेत बिदा दिनुपर्ने माग आफूहरुको तर्फबाट हुँदै आएको नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष एबम् सभासद गोविन्दराम चेपाङले बताउनुभयो ।

लोकप्रिय

Related Articles