मनहरी–भदौ १८ गते । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखालाई १५ थान टिसर्ट र ५ हजार १० रुपियाँ नगद प्राप्त भएको छ ।
उपशाखाकी उपसभापति अन्जु कार्की (खुसी) ले आफ्नो जन्मदिनको अबसर पारेर सोमबार टिसर्ट नगद उपशाखालाई हस्तान्तरण गर्नु भएको हो ।
रेडक्रसका गतिविधिलाई तीब्र रुपमा अघि बढाउनका लागि जन्मदिनमा सहयोग गरिएको कार्कीले बताउनुभयो । उहाँले उपशाखाका सभापति मोहन कार्कीलाई रकम र टिसर्ट हस्तान्तरण गर्नु भएको हो ।
मनहरी ८ सिमपानीस्थित रेडक्रस उपशाखा कार्यालयमा आयोजित कार्यक्रममा उपशाखाका पदाधिकारी र कार्यसमितिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।