मनहरी–भदौ ७ गते । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बैठक मनहरी गाउँपालिका वडा नं ९ रजैयामा बसेको छ ।
बिहिबार दिउँसो माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल र इश्वरी भट्टराईको उपस्थितिमा मनहरी गाउँपालिका स्तरीय बिस्तारित बैठक र नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालको उपस्थितिमा नेकपा एमालेको मनहरी गाउँपालिकास्तरीय जनसंगठन संयन्त्र बैठक बसेको हो ।
नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नवीन सुवेदीको उपस्थितिमा पालिकास्तरीय विद्यार्थी, युवा, महिला, किसान, भूपू सैनिक, भूपू प्रहरी संगठनका नेताहरु सम्मिलित जनसंगठन संयन्त्रको बैठक बसी प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य एबम् मनहरी गाउँपालिका इन्चार्ज हेमलाल उप्रेतीले बताउनुभयो ।
शालिकराम बानियाँको अध्यक्षतामा भएको प्रशिक्षणमा केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी काम गर्न जनसंगठनका नेताहरु तात्तिएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष लालबहादुर थापाले संगठनको बर्तमान अबस्था र आगामी लक्ष्य/गन्तब्यको बारेमा प्रस्तुतिकरण दिनु भएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रको मनहरी गाउँपालिकास्तरीय बिस्तारित बैठक केन्द्रीय सदस्य भट्टराई र दाहालको उपस्थितिमा भएको छ ।
बैठकले आगामी भदौ १८ गतेदेखि सुरु हुने तीन महिने अभियानलाई तीब्रताका साथ अघि बढाउनका लागि पूर्व तयारी गरेको बागमती प्रदेश कमिटी सदस्य बीरबहादुर घलान ज्वालाले बताउनुभयो ।
बैठकले पार्टीको ३ महिने अभियान संचालनका लागि केन्द्रीय सदस्य दाहालको नेतृत्वमा ५ सदस्यीय अभियान परिचालन कमिटी गठन गरेको छ ।
साथै आगामी कात्तिक १५ गतेसम्म सबै वडाहरुले वडा कमिटी बैठक सम्पन्न गर्न पनि बैठकले निर्देशन दिएको छ । भदौ १६ गते दिनको १२ बजे मनहरी गाउँपालिकाका सबै वडाबाट एकसाथ अभियान उद्घाटन गर्ने निर्णय भएको मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिनले जानकारी दिनु भएको छ ।
गाउँकमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य दाहाल, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी ( छिन्तु),जेष्ठ कम्युनिस्ट मन्च केन्द्रिय सदस्य रामहरी सुवेदी ( गुलाव), बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला), प्रदेश कमिटी सदस्य लक्ष्मी माझी ( कृपा), प्रेम भुजेल, आनन्द घलान, गजाधर सुवेदी, अशोक शाक्य, मनहरी गाउँ कमिटी ईन्चार्ज राजकुमार पाख्रिन लगाएत अन्य नेताहरुको उपस्थिती रहेको थियो ।