मनहरी–भदौ ३ गते । मनहरी गाउँपालिका ९ स्थित केदारेश्वर युवा क्लवले सञ्चालन गरेको वडाध्यक्ष कप फुटवल प्रतियोगिताको बिजेता टिमले एक/दुई दिनभित्रै पुरस्कार रकम प्राप्त गर्ने बताइएको छ ।
प्राप्त गर्नुपर्ने रकम प्राप्त नभएको भन्दै असन्तुष्टि ब्यक्त भएपछि पुरस्कार रकम उपलब्ध गराउन ९ नं वडाध्यक्ष राजकुमार श्रेष्ठले पहल गर्नु भएको छ ।
फुटवलको बिजेता मनहरी गाउँपालिका ८ स्थित एफसी सिम्पानीले आफूले प्राप्त गर्नुपर्ने पहिलो पुरस्कार राशि ५० हजार नपाएको भन्दै सामाजिक सञ्जालहरुमा असन्तुष्टि जनाएको थियो ।
साउन ४ गतेबाट सुरु भएको प्रतियोगितामा एफसी सिम्पानी बिजयी भएसँगै गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरसहितका सरकार प्रमुख र प्रतिनिधिहरुको हातबाट कप तथा प्रमाण पत्र ग्रहण गरेपनि पुरस्कार रकम प्राप्त भएको थिएन ।
‘हामीले पटक पटक पुरस्कार राशि प्राप्त भएन भनेर आयोजक क्लवमा सम्पर्क ग¥यौँ, तर उहाँहरुको रेस्पोन्स राम्रो रहेन’, एफसी सिमपानीका व्यवस्थापक राजेन्द्र मुक्तानले भन्नुभयो–‘त्यसपछि बाध्य भएर सामाजिक सञ्जाल र मिडियाहरुमा आउनुपर्ने देखियो ।’
सामाजिक सञ्जालहरु र मिडियाहरुमा पुरस्कार रकम नै प्राप्त नभएको बिषय आएपछि ९ नं वडाध्यक्ष श्रेष्ठले आयोजक क्लवलाई ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले प्राविधिक र प्रशासनिक कारणले समयमै आयोजकले रकम दिन नसकेको जानकारी दिनुभयो ।
प्रथम पुरस्कार राशि प्रायोजन गरेको स्थानीय हरियाली युवा क्लवले प्रतियोगिता आयोजक केदारेश्वर युवा क्लवलाई चेक दिन ढिलाई गरेको र क्लवको बैँक खाता समेत डिसेवल भएकाले समयमै रकम जम्मा गर्न नसकिएकाले थप ढिलाई भइरहेको उहाँले बताउनुभयो ।
‘अस्तिको दिन शुक्रबार नै भैगयो, चेक त प्राप्त भयो क्लवको खातामा जम्मा हुन भ्याएनछ’, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘१÷२ दिनमा बिजेता टिमले रकम प्राप्त गर्नेछन् ।’
उहाँले आयोजक क्लवका पदाधिकारीहरुलाई बोलाएर रकम जतिसक्दो चाँडो दिनका लागि निर्देशन दिएको बताउनुभयो ।
‘प्रतियोगिता सकिएको यति लामो समय बित्दासमेत रकम दिन नसक्दा सबैतिर लाजमर्दाे अबस्था बन्यो, अब छिट्टै हामी पुरस्कार राशि दिलाउँछौँ’, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘यसलाई नियत खराब भन्दा पनि प्राविधिक र प्रशासनिक ढिलाई भनेर बुझिदिन अनुरोध गर्दछु ।