Tuesday, January 14, 2025

डिपाडमा ट्रक जलेर चालक र दुईजना सहचालकको मृत्यु भएको पुष्टि

ताजा / भरखरै प्राप्त

मनहरी–असार २३ गते । मनहरी गाउँपालिका ६ डिपाटस्थित पूर्वपश्चिम राजमार्ग खण्डमा शनिबार बिहान १ः४५ बजे दुईवटा ट्रक जुधेपछि भएको आगलागीमा परी एकजना चालक र दुबै ट्रकका सह चालकहरुको मृत्यु भएको पुष्टि भएको छ ।

बिपरित दिशाबाट यात्रारत ना ६ ख ६६६७ नं र ना ६ ख ६३१ नं को ट्रक एकापसमा जुधेपछि आगजनी भएको हो ।

सो क्रममा ना ६ ख ६६६७ नं ट्रकका चालक चितवनको राप्ती नगरपालिका ८ का २८ बर्षीय रिहान रुम्बा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी सोही ट्रकका सह चालक गोरखा जिल्ला गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ बर्षका सुमन चेपाङको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्काे ट्रक ना ६ ख ६३१ नं का सहचालक मनहरी गाउँपालिका ३ का २० बर्षीय अमृत प्रजाको पनि आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ । त्यसैगरी अन्य दुईजना घाइते छन् ।

घाइतेहरुमा ना ६ ख ६६६७ नंको ट्रकमा यात्रा गरिरहेका चितवन जिल्ला राप्ती नगरपालिका ३ बस्ने ३५ बर्षीय विवेक तामाङ र ना. ६ ख ६३१ नंको ट्रकमा यात्रा गरिरहेका मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ बस्ने ३२ बर्षीय अर्जुनकुमार प्रजा रहेकोको प्रहरीले जनाएको छ ।

उनीहरुको चितवनको भरतपुरस्थित अस्पतालहरुमा उपचार भइरहेको छ । आगजनीबाट ध्वस्त भएको ट्रकहरुको भग्नाबशेषबाट तीनवटा शवहरु निकालिएको थियो ।

मृतकहरुको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ ।

लोकप्रिय

Related Articles