Sunday, February 9, 2025

मनहरीको डिपाडमा ट्रकहरु ठोक्किएर जल्यो, तीनजनाको मृत्यु भएको अनुमान

ताजा / भरखरै प्राप्त

मनहरी–असार २३ गते । मनहरी गाउँपालिका ६ डिपाट बस्ती नजिकै गएराति दुईवटा ट्रक ठोक्किएको छ ।

ट्रकहरु ठोक्किँदा भएको आगलागीबाट ट्रक तथा त्यसमा सबार मानिसहरुको मृत्यु भएको छ । प्रहरीले तीनजना मानिस मरेको हुनसक्ने अनुमान गरेको छ । पूर्ण रुपमा जलेकाले २ जना मानिस हो वा ३ जना हो भन्नेबारे यकीन भइसकेको छैन ।

आज बिहात १ः४५ बजे भएको घटनापछि दुईवटा दमकल आएर आगो बल्ल बल्ल निभाइएको थियो । आगो निभाइएपछि जेसीबी प्रयोग गरी जलेका ट्रक र शवहरुहरु निकालेर राजमार्ग बिहान ६ः३० तिर मात्रै सबारी साधन सुचारु गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालले बताउनुभयो ।

पूर्वतर्फबाट नारायणगढतर्फ गइरहेको ना ६ ख ६६६७ नं को ट्रक र बिपरित दिशाबाट हेटौँडातर्फ आइरहेको ना ६ ख ६३१ नंको ट्रक एकापसमा ठोक्किएर आगलागी भएको हो ।

घटना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयबासिन्दाको समेत साथ लिई आगलागी नियन्त्रण गर्न खोजेपनि दमकलको अभाबमा नियन्त्रण सम्भव नभएको प्रहरी निरीक्षक कृष्णराज ढकालले बताउनुभयो ।

‘भनेको समयमा दमकल पाइएन, पछि २ वटा दमकल आएर बल्ल बल्ल आगो निभाइयो’, प्रहरी निरीक्षक ढकालले भन्नुभयो–‘भयंकर आगलागी भएका ट्रक र शवहरुलाई हटाएर अहिले बिहान ६ः३० तिर मात्रै राजमार्गमा सबारी साधन सुचारु गरिएको छ ।’

लोकप्रिय

Related Articles