Sunday, September 15, 2024

प्रदेश प्रमुख शर्माको अभिभावकत्वमा अशोक बाटिकामा सीता त्रिजटाको मूर्ती प्राण प्रतिष्ठा हुने

ताजा / भरखरै प्राप्त

मनहरी–असार १६ गते । यही असार १८ गते सोमबार गुरु पूर्णिमाको अबसर पारेर राक्सिराङ गाउँपालिका वडा नं ३ पलाँसेमा रहेको सीता अशोक बाटिकामा भगवान सीता र त्रिजटाको मूर्ति प्राण प्रतिष्ठा हुने भएको छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा गुरु पूर्णिमाको दिन भब्य कार्यक्रम र धार्मिक समारोहका बीच सीता र त्रिजटाको मूर्ति प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा जानकी मन्दीर जनकपुरबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै दूधमती नदीबाट ल्याइएको जल शेचन गरिने, स्थानीय भजन समूहबाट खैँजडी भजन सहित विवध कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

सीता अशोक बाटिकाको संरक्षण, सम्बद्र्धन गरी धार्मिक पर्यटनलाई टेवा दिनाका निम्ति सीता अशोक बाटिकामा भगवान सीता र अपहरणकालमा राक्षस बर्गबाट उनलाई रेखदेख गर्न राखिएकी त्रिजटाको मूर्ति स्थापना गर्न खोजिएको उहाँले बताउनुभयो ।

उक्त दिन विहान साढे ६ बजे देखि मध्यान्हसम्म आफ्नो अनुकुल समय मिलाएर पूजामा सरिक हुन समेत आग्रह गर्नुभएको छ । वन जोगाउनु भनेको केही रुख विरुवा र जनावर जोगाउनु मात्र नभई इंतिहास, सभ्यता र संस्कृतिका साथसाथै समृद्धि जोगाउनु हो भन्ने तथ्यलाई मनन गर्दै उक्त स्थानलाई प्रकृति र संस्कृतिको संगम स्थलको एक अंशका रुपमा विकास गरिने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

करिव एक सय वर्ष पुरानो इतिहाँस रहेको अशोक बाटिकालाई प्राकृतिक र धार्मिक दुबै तवरबाट संरक्षणको निम्ति राप्ती डिभिजन वन र भर्याङ कालिका सामुदायिक वनको सहकार्यमा गतवर्ष प्रदेश सरककारको पर्यापर्यटन कार्यक्रम अन्तर्गत रु ५ लाख बजेटमा उक्त क्षेत्र वरपर सरसफाई, पर्खाल निर्माण, धारा माथिको असोकमा चौतारा निर्माण भएको र यस वर्ष संघीय सशर्ततर्फ रु १० लाखको बजेटमा अपुरो पर्खाल निर्माण, सरसफाई, २ वटा मूर्ती निर्माण, स्थापना र ५ वटा गौमुख धाराको निर्माण, सीता असोकको कामा सकिएको उहाँले बताउनुभयो ।

कार्यालयले भविष्यमा भएका असोकलाई संरक्षण गर्दै हजारौँ अशोकको रोपण गरेर अशोकको अध्ययन र बिउ संकलन केन्द्रको रुपमा स्थापति गर्ने अभियानमा लागिपरेको उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles