Wednesday, May 22, 2024

वातावरण दिवसमा जलपरी झरना तथा चमेरो गुफामा बृक्षारोपण र सरसफाई

ताजा / भरखरै प्राप्त

राक्सिराङ–जेठ २२ गते । विश्व वातावरण दिवसको अवसर पारेर राक्सिराङ गाउँपालिकाको पर्यटकिय स्थल जलपरी झरना तथा चमेरो गुफा आसपासमा बृक्षारोपण तथा सरसफाई गरिएको छ ।

राक्सिराङ गाउँपालिकाको आयोजनामा राक्सिराङ ३ स्थित जलपरी झरना र चमेरो गुफा वरपर बृक्षारोपण तथा सरसफाई गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडाअध्यक्ष उत्तम वाइबासहित जनप्रतिनिधहरु र विभिन्न सरोकारवालासहित स्थानीयहरुले झरना वरपर बृक्षारोपण र सरसफाई गरेका हुन । पिपल, बर, सतिसाल, आँप, कटहर लगायत बिरुवा सो क्षेत्रमा बृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

पौराणिक महत्व बोकेको जलपरी झरना र चमेरो गुफाको संरक्षणका लागि कार्यक्रम गरिएको अध्यक्ष मल्लको भनाई छ । उहाँले पर्यटकिय हिसाबले गाउँपालिकाकै उत्कृष्ट गन्तव्य रहेकाले थप ब्यवस्थापन र संरक्षणका निम्ति गाउँपालिकाले भुमिका खेल्ने बताउनुभयो ।

वडाअध्यक्ष वाइबाले सो क्षेत्रमा घुम्न आउने, गर्मीमा नुहाउन आउने तथा पिकनिक आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताउनुभयो । मानिसको आवतजावत बढेसँगै गुफा तथा झरनामा फोहर बढेकाले सरसफाई गरिएको र यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

स्थानीय सिद्धार्थ हरियाली सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्र तामाङले झरना र गुफा आसापासमा झाडी ब्यवस्थापन गर्ने, मुहान संरक्षण गर्ने, फुट ट्रयाक निर्माण गर्ने लगायत विभिन्न योजना रहेको बताउनुभयो ।

सुन्दर र ब्यवस्थित पर्यटकिय गन्तव्य निर्माणका लागि गाउँपालिकासँगको सहकार्यमा सामुदायिक वनले काम गर्ने उहाँको भनाई छ ।

बृक्षारोपण तथा सरसफाई कार्यक्रममा निवर्तमान वडाअध्यक्ष बाबुलाल स्याङतान, वडा सदस्यहरु, सब डिभिजन वन कार्यालयका अधिकृत सुजन मोक्तान, हरियाली टोल बिकास संस्थाका अध्यक्ष मानिकलाल बल, गाउँपालिकाका कर्मचारी, बिद्यार्थी लगायत स्थानीयको उत्साहजनक सहभागीता रहेको थियो ।

लोकप्रिय

Related Articles