Sunday, September 15, 2024

राक्सिराङका सामुदायिक वनका सदस्यलाई लेखा तथा अभिलेख ब्यवस्थापन तालिम

ताजा / भरखरै प्राप्त

राक्सिराङ–बैशाख २६ गते । राक्सिराङका विभिन्न सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुका निम्ति एक दिने लेखा तथा अभिलेख व्यवस्थापन र माइन्युट लेखन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

सब डिभिजन वन कार्यालय राक्सिराङले समुहका सदस्यहरुको क्षमता अभिबृद्धि गराउने र समुहलाई ब्यवस्थित र सक्रिय बनाउने उद्धेश्यले तालिमको आयोजना गरेको छ ।

डिभिजन वन कायालय राप्तीको तालिम केन्द्रमा आयोजित कार्यक्रममा राक्सिराङका विभिन्न समुहका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

तालिममा सहायक वन अधिकृत दिनेश सत्यालले व्यवस्थित लेखा तथा अभिलेख व्यवस्थापन र माइन्युट लेखनका बिषयमा सहजीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले समुहको आर्थिक बिषय निकै महत्वपुर्ण भएकाले व्यवस्थित रुपमा लेखा अभिलेख राख्न आवश्यक रहेको बताउनुभयो ।

राक्सिराङका सामुदायिक वनहरुमा ब्यवस्थित लेखा तथा अभिलेख ब्यवस्थापनमा समस्या हुने गरेकाले तालिम उपयोगी र फलदायी रहने उहाँको भनाई छ । सब डिभिजन वन कार्यालयअन्तर्गत राक्सिराङमा हाल ३६ वटा सामुदायिक वन उपभोक्ता समुहहरु रहेका छन ।

लोकप्रिय

Related Articles