Tuesday, January 14, 2025

मकरीको श्रीराम बगैचामा अखण्ड हरिकिर्तन

ताजा / भरखरै प्राप्त

मनहरी–चैत १६ गते । राम नवमीको अबसरमा मनहरी गाउँपालिका १ मकरीमा रहेको श्रीराम बगैचा मन्दिर परिसरमा अखण्ड हरिकिर्तन र पुजाआजा गरिएको छ ।

श्रीराम बगैचा मन्दिर व्यवस्थापन समितिको आयोजनामा अखण्ड हरिकिर्तन आयोजना गरिएको हो ।

रामनवमीको अबसरमा आयोजित अखण्ड हरिकिर्तनमा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, कार्यपालिका सदस्य सविता सुवेदी, मानव अधिकार समूह मनहरीकी संयोजक बिमला गोपाली लगायत सहभागी हुनु भएको थियो ।

अध्यक्ष कालाखेतीले मन्दिरको जीर्णाेद्धारमा पालिकाको सहयोग रहने प्रतिबद्धता जनाउनु भयो भने वडाध्यक्ष खनालले आफूले नेतृत्व गरेको धार्मिक संस्था पुनः शुद्धिकरणका साथ अघि बढ्न लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

श्रीराम बगैचा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव धर्म समितिका रामहरि लामिछाने, स्थानीय समाजसेवी रघुनाथ अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।

मन्दिर पौराणिक र ऐतिहाँसिक भएकाले सम्बद्र्धन र संरक्षण गर्नका लागि सबैको सहकार्य र एकता जरुरी रहेको समितिका सचिव बद्रीप्रसाद उप्रेतीले बताउनुभयो ।

लोकप्रिय

Related Articles