Tuesday, April 16, 2024

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

ताजा / भरखरै प्राप्त

हेटौडा–चैत ४ गते । नेपालका ठुला दलका नेताहरुको विकल्प आफु मात्र रहेको दुर्गा प्रसाईले बताउनुभएको छ ।

हेटौडामा भएको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा अभियानलाई सम्बोधन गर्दै प्रसाइले यस्तो बताउनुभएको हो ।

नारायणी मलमा रहेको होटल सामनाको सभा हलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकका ठुला राजनीतिक दलहरुका नेताहरुका बिरुद्धमा प्रसाई खरो रुपमा उत्रिनु भएको छ ।

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

कार्यक्रममा सम्बोधन गर्दै उहाँले २५ जना व्यापारी र दश जना नेताहरु मिलेर सिंगापुर र दुबइमा लगेर पैसा राख्ने गरेको समेत बताउनुभयो ।

बढ्दो आर्थिक मन्दीका कारण बैशाख महिना देखि कर्मचारीलाई तलब खुवाउन पनि समस्या हुने उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles