Wednesday, January 15, 2025

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

ताजा / भरखरै प्राप्त

मनहरी–चैत ३ गते । राहत शिक्षक समिति मनहरी गाउँपालिकाको भेलाले नयाँ कार्यसमिती निर्माण गरेको छ ।

शुक्रबार राष्ट्रिय रोटरी माविमा भएको भेलाले पशुपति पाठकको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । नयाँ कार्य समिति निर्माण बैठकमा नेपाल राहत शिक्षक समिती जिल्ला समिती मकवानपुरका अध्यक्ष जीवन तिमिल्सिनाको प्रमुख आतिथ्यतामा रहेको थियोे ।

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

त्यस्तै सचिबमा बाबुराज मुक्तान, सह सचिबमा माया देबि गोपाली, कोषाध्यक्षमा पार्बती रेग्मी रहेकाछन् ।

नेपाल राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष तिमल्सितको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुर्य बहादुर मुक्तान, सुशील गौतम, बिदुर थापा, लालु रुम्बा, साधुराम रिजाल लगाएतको आतिथ्यता रहेको कार्यक्रममा राहत शिक्षक समिती मनहरी गाउँपालिका संयोजक गोविन्द प्रसाद पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

लोकप्रिय

Related Articles