मनहरी–फागुन २३ गते । मनहरी गाउँपालिको अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । हरेक वर्ष मार्च ८ मा मनाईने अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले मंगलबार विविध कार्यक्रम गरि मनाएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ ।
११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगरले मनहरी गाउँपालिकालाई महिलमैत्री पालिका बनाउने प्रयास भइररहेको बताउनुभएको छ ।
निर्वाचनको समयमा बोलेका कुराहरुलाई पुरा गर्न लागि परेको भन्दै अझै पनि कतिपय कामहरु पुरा गर्न बाँकी रहेको अवस्थामा महिलामैत्री पालिका बनाउन लागि परेको बताउनुभयो ।
जसरी गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो त्यस्तै महिलामैत्री पालिका बनाउन लागि परेको उहाँले बताउनुभयो ।
महिलामैत्री पालिका निर्माण गर्न सहज भने नभएको भन्दै समाजमा महिला सशक्तिकरण गरी मनहरीका जुनसुकै क्षेत्रमा महिलामैत्री व्यवहार शासन, विधि पद्धति निर्माणमा लागि पर्ने उहाँले बताउनुभयो ।
सोही अवसरमा गाउँपालिकाले मंगलबार महिला कर्मचारी, महिला जनप्रतिनिधि, संघसस्थाका प्रमुखहरुविच गरेको घैँटो फुटाई कार्यक्रममा बिमला गोपाली, उपाध्यक्ष पुलामी, शैलेश बास्कोटा, सविता सुवेदी, चहुँदा प्रजा विजयी हुनुभएको थियो भने, म्युजिकल चेयरमा तारा अधिकारी विजयी हुनुभएको छ । कार्यक्रममा मनहरीका विभिन्न संघसस्थामा आवद्ध महिला नेतृहरुको सहभागित गरेहको थियो ।