Monday, March 17, 2025

पालिकास्तरीय विज्ञान विषय हाजिरी जवाफ प्रतियोगितामा महेन्द्र किरण प्रथम

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन १९ गते । विज्ञान शिक्षक महाँसघ नेपाल मनहरी गाउँपालिकाको आयोजनामा भएको हाजिरि जवाफ प्रतियोगितामा महेन्द्र किरण माध्यमिक विद्यालय प्रथम भएको
छ ।

जसमा युनाइटेड इंग्लिस बोर्डिङ स्कुल द्वितीय हुँदा राष्ट्रिय मावि सुनाचुरी तृतिय भएको छ । शुक्रबार मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा भएको हाजिरी जवाफ कार्यक्रममा मनहरी गाउँपालिका भरिका १५ वटा आधारभूत र मावि विद्यालयहरुको सहभागिता रहेको थियो ।

कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुविच विज्ञान विषयसंग सम्बन्धित रहेर हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको संस्थाका सह कोषाध्यक्ष सविना पौडेलले बताउनुभयो । कक्षा ७, ८ र ९ को विज्ञान विषय र बाहिरी विज्ञान विषयसंग सम्बन्धित पुस्तकहरुबाट प्रश्न सोधिएको थियो ।

जसमा प्रथम हुनेलाई ४ हजार ५ सय नगद सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । त्यस्तो दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन हजार र १ हजार पाँच सय नगद सहित प्रमाण पत्र मेडल प्रदान गरिएको थियो ।

लोकप्रिय

Related Articles