Wednesday, May 22, 2024

मनहरी बहुमुखीको अध्यक्षमा ग्लान

ताजा / भरखरै प्राप्त

मनहरी–पुस २३ गते । पश्चिम मकवानपुरको एकमात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा पूर्व बागमती प्रदेश सभा सँसद ओम बहादुर ग्लान (प्रदीप) चयन हुनुभएको छ ।

पुस २३ गते शनिबार भएको क्याम्पसको साधारण सभाले ग्लानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिमा प्रकाश बर्तौला, नवराज सुवेदी, मातृका ढुंगाना, हेमलाल उप्रेती, जयराम अर्याल, विनोद सुवेदी र ज्योति सुवेदी सदस्य चयन हुनु भएको छ ।

क्याम्पस प्रमुखसहित अन्य विभिन्न क्षेत्रका ७ जना पदेन सदस्य रहनेछन् । अध्यक्षमा चयन पश्चात बोल्दै ग्लानले सबैको साथ सहयोगर रह्यो भने शैक्षिक उन्नयनमा काम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै उहाँले सर्वदलीय र सर्वपक्षीय सहमतिमा काम गरेर क्याम्पसलाई गुणस्तरीय शैक्षिक क्षेत्र बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

विगत ४ महिनादेखी क्याम्पसमा अध्यापन गराउने शिक्षकहरुकले सुरुवाती देखी नै तलब नपाएको भन्दै पेन डाउन गरेका थिए । सोही कारण विद्यार्थीहरुले पढ्न नपाइरहेको अवस्थामा स्थानीय मिडिया, स्थानीय वुद्धिजिविहरुको पहलमा शनिबार साधारण सभा राख्ने निर्णय गरेको थियो ।

शनिबार नव गठित समितिको पहिलो बैठक आइतबार बस्ने निर्णय भएको जानकारी दिएको छ । उक्त बैठकले क्याम्पसको नयाँ गतिविधि कसरी अगाडी बढाउने भन्ने विषयमा निर्णय गर्नेछ ।

लोकप्रिय

Related Articles