Wednesday, May 22, 2024

राष्ट्रिय मावि सुनाचुरीलाई सेन्चुरी बैंकद्वारा फर्निचर सहयोग

ताजा / भरखरै प्राप्त

मनहरी–पुष १३ गते । सेन्चुरी बैंक मनहरी शाखाले मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय मावि सुनाचुरीमा फर्निचर सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई फर्निचर सहयोग गरिएको सेन्चुरी बैक मनहरी शाखाका प्रमुख सुदिप नेपालले बताउनुभयो ।

बैकंका प्रमुख नेपाल लगायत बैंकका अन्य कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिारी तथा विद्यालयका कर्मचारीहरुको उपस्थितिमा उक्त फनिर्चचर वितरण गरेको हो ।

बैंकले १ थान दराज, २ थान ३ सिटर कुर्सी वितरण गरिएको नेपालले बताउनुभयो । सेन्चुरी बैंकको नेपालभर १४८ शाखा, ९ एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत ७ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles