Friday, September 13, 2024

राष्ट्रिय आधारभूत विद्यालय रमन्टामा कक्षा ९ सञ्चालनका विषयमा अन्तरक्रिया

ताजा / भरखरै प्राप्त

मनहरी–मंसिर २१ गते । मनहरी गाउँपालिका वडा नम्बर ७ रमन्टार स्थित राष्ट्रिय आधारभूत विद्यालयमा आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ९ सञ्चालन गर्न पहिलो चरणको अन्तरक्रिया भएको छ ।

May be an image of 11 people, people standing, people sitting and indoor

बुधबार बिहान विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, मनहरी गाउँपालिकाका अध्यक्ष, स्थानीय बुद्धिजिवि सहितको भेलाले आगामी शैक्षिक सत्र देखि कक्षा ९ सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको हो ।

पहिलो चरणको छलफलबाट विद्यालयमा विद्यार्थीको चाँप र अभिभावकको मागलाई मध्यनजर गर्दै कक्षा ९ सञ्चालनको आवश्यकता महसुस भएको बताइएकोछ ।

May be an image of 11 people, people standing, people sitting and indoor

यस विषयमा थप अन्तरक्रियाहरु गरी निर्णय गर्दै जाने विद्यालयका सहायक प्रधानाध्यापक बलराम बानियाँले बताउनुभयो । “अहिले नै कक्षा सञ्चालन गरिहाल्ने भन्ने विषयमा भने छलफल भएको छैन् तर आवश्यकता महसुस भएको हो समिति गठन गरिएको छ, निरन्तर अन्तरक्रिया गरी निचोड निकाल्छौँ “। उहाँले भन्नुभयो । “यदि कक्षा ९ सञ्चालन गरिहालेको खण्डमा भने अभिभावकको सहयोगमा नै सञ्चालन गर्नुपर्ने बाध्यता आउने उहाँले बताउनुभयो ।

May be an image of 11 people, people standing, people sitting and indoor

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखमान ब्लोनको सभाध्यक्षतामा बसेको बैठकले कक्षा ९ सञ्चालन पूर्व तयारी उप समिति समेत बनाएको छ ।

अन्तरक्रिया कार्यक्रमममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यष सिता पुलामी मगर (रेखा) ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, वडा सदस्य नमराज सुवेदी, छिमेकी सामुदायिक विद्यालयका प्रधानाध्यापक, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, वुद्धिजिवि लगायतकाको उपस्थिति रहेको थियो ।

लोकप्रिय

Related Articles