Wednesday, May 22, 2024

पाँच दलीय गठबन्धनले देशलाई ओरालो र विनाश तर्फ धकेल्योः अध्यक्ष ओली

ताजा / भरखरै प्राप्त

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो र विनाशतर्फ धकेलेको बताएका छन् ।

आज भक्तपुरमा आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकारलाई देशको माया र चिन्ता नभएकोले अहिले देश ओरालो र विनाशतर्फ धकेलिएको बताएका हुन् ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकारले देशलाई आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको आरोप समेत लगाए ।

उनले वर्तमान सरकार जनताप्रति अनुत्तरदायी हुनुका साथै शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्र समेत डामाडोल बनाएको बताए ।

लोकप्रिय

Related Articles