Wednesday, May 22, 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधामन्त्रीको पुत्ला दहन

ताजा / भरखरै प्राप्त

काठमाडौँ-पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले काठमाडौँको अस्कल क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन् ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

लोकप्रिय

Related Articles