बृक्षरोपण समारोहलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका ७ नं वडाध्यक्ष नवराज सुवेदीले वन, वातावरण जोगाउनका लागि बृक्षरोपण कार्यले ठूलो भूमिका खेल्ने बताउनुभयो ।
वन तथा वातावरण मन्त्री मसिना खड्कासहितका सरोकारवालाहरुले चिउरीलाई एउटा बहुउपयोगी बृक्षको रुपमा परिभाषित गर्दै यसको संरक्षण र उपयोगिताको आवश्यकताबारे चासो व्यक्त गर्नु भएको हो ।