Monday, March 17, 2025

राष्ट्रिय युवा संघ अध्यक्ष थेबे मनहरी आउने

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन १९ गते । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अधिवेसनलाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष क्षितिज थेवे मनहरी आउने हुनु भएको छ ।

मनहरी गाउँपालिका ७ स्थित बुद्धशान्ति हरित पार्कमा फागुन २४ गते दिउँसो आयोजना हुने अधिबेसनलाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष थेवे आउने निश्चित भएको नेकपा एमाले मनहरी गाउँकमिटी सदस्य एबम् युवा इन्चार्ज विश्व रानाले जानकारी दिनुभयो ।

‘हामीले सबै तयारी अन्तिम चरणमा पु¥याएका छौं’, इन्चार्ज रानाले भन्नुभयो–‘सबै वडाका कमिटीहरुको अधिवेसन सकाएर गाउँ कमिटीको अधिवेसनमा जुटेका छौँ ।

रानाका अनुसार अधिवेसनमा हरेक वडाबाट १० जनाका दरले युवा प्रतिनिधिहरु चुनिएका छन् । हरेक वडाबाट प्रतिनिधित्व गर्ने ९० जना युवा प्रतिनिधिहरुबाटै निर्विरोध रुपमा कार्य समिति चयन हुने उहाँले बताउनुभयो । कार्यक्रमको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष थेवेसहित विभिन्न तह र तप्काका नेताहरु आउने भएकाले व्यापक तयारी गरिएको रानाको भनाई छ ।

लोकप्रिय

Related Articles