Tuesday, May 21, 2024

उपाध्यक्ष कप भलिबलः चार टिम सेमिफाइनल प्रबेश

ताजा / भरखरै प्राप्त

मनहरी–माघ २४ गते । मनहरी गाउँपालिकामा मंगलबार सुरु भएको प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा चार वटा टिम सेमीफाइनलमा प्रवेश गरेको छ । सेमिफाइलनमा प्रवेश गर्ने टिमहरुमा वडा नं ३, ४, ५ र ७ रहेका छन् ।
बुधवार भएको क्वार्टर फाइनल खेलहरुमा वडा नं ३ ले वडा नं १ लाई, वडा नं ७ ले वडा नं ८ लाई, वडा नं ५ ले वडा नं ६ लाई र वडा नं ४ ले वडा नं २ लाई पराजित गरेको हो ।
बिहिबार सेमिफाइनल खेल ३ नं वडा र ७ नं वडाबीच र दोस्रो सेमिफाइनल खेल वडा नं ४ र ५ बीच हुने आयोजकले जनाएको छ ।

मनहरी खेलकुद विकास समितिको आयोजना र मनहरी गाउँपालिकाको संरक्षकत्वमा मनहरी ४ गोलघरस्थित खेल मैदानमा आयोजित प्रतियोगिताको माघ २६ गते फाइनल खेल हुने समितिका अध्यक्ष बीरु लामाले जानकारी दिनुभयो ।

लोकप्रिय

Related Articles