Sunday, February 9, 2025

एमालेले माघ १३ गते प्रदीप ज्ञवालीलाई मनहरी ल्याउने

ताजा / भरखरै प्राप्त

मनहरी–पुस २७ गते । नेकपा एमालेले उपमहासचिव एबम् पूर्वमन्त्री प्रदीप ज्ञवालीलाई आउँदो माघ १३ गते मनहरीमा ल्याउने भएको छ ।

नेकपा एमाले मनहरी गाउँ कमिटीको मनहरी २ स्थित भुन्द्रुङ टाँडीमा सम्पन्न बैठकले माघ १३ गते उपमहासचिवको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी वडा कमिटी तथा मातहतका जनसंगठनका बैठकहरुलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।

अध्यक्ष नविन सुवेदीको अध्यक्षतामा बसेको बैठकमा पोलिट्ब्यूरो सदस्य देवीप्रसाद ज्ञवाली, पूर्व बागमती प्रदेशका उपसचिव एबम नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्ताैला, बागमती प्रदेश सदस्य एकराज उप्रेती, मनहरी गाउँपालिका इन्चार्ज हेमलाल उप्रेती लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

Related Articles