Wednesday, May 22, 2024

एक बालिका सहित एघार जनामा मोतिविन्दु समस्या पहिचान

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १५ गते । मनहरी गाउँपालिका ७ स्थित मनहरी सामुदायिक आँखा केन्द्रमा शुक्रबार आँखा शिविर भएको छ ।

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा र हेटौडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर भएको हो ।

निःशुल्क आँखा शिविरबाट १ सय ३२ जनाले सेवा लिएका छन् । जसमध्य ११ जनामा मोतिविन्दुको समस्या देखा परेको छ ।

१ जना बालिका सहित ११ जनामा मोतिविन्दुको समस्या देखा परेको हो । मोतिविन्दुको समस्या देखा परेकाहरुको यहि भदौ १८ गते हेटौडा आँखा अस्पतालमा निःशुल्क अपरेसन हुनेछ ।

शुक्रबार भएको आँखा शिविरमा हेटौडा आँखा अस्पतलाका डाक्टर सुशील कुमार सिंह सहितको ५ जनाको टोलीले आँखा परीक्षण गरेका थिए ।

लोकप्रिय

Related Articles