मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन (अनेरास्ववियू) का कुमारी घिसिङ विजयी हुनुभएको छ ।
कुल ५६ मत खसेकोमा घिसिङले २९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्दी नेविसंघका किर्शाेर लम्सालले २७ मत प्राप्त गर्नुभएको छ । २ मत मतान्तरले घिसिङ अध्यक्ष पदमा निर्वाचचित हुनुभएको हो ।
कुल ६० जना भर्ना संख्या रहेको क्याम्पसमा ५६ जनाले मात्र मतदान गरेका हुन् । त्यस्तै कोषाध्यक्ष पदमा प्रविन रुम्बा ३३ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँक निकटम प्रतिद्वन्दी अरुणा सापकोटाले २२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सदस्यहरुमा सिता सापकोटा ३२ मत ल्याउँदा उहाका प्रतिद्वन्दी प्रशान्त सुवेदीले २७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै शान्ती माँया थिङले ३५ मत ल्याएर विजयी हुँदा अनुशा घिमिरेले २६ मत मात्र प्राप्त गर्नुभएको छ भने माधव प्रसाद अधिकारीले ३४ मत ल्याएर सदस्य पदमा विजयी हुनुभएको छ ।
सचिव पदमा भने यस अघि नै निर्विरोध भइसकेको छ । स्ववियु सचिवमा नेपाल विद्यार्थी संघका गेमराज थिङ निर्विरोध निर्वाचित भएका हुन् ।
समानुपातिक तर्फ अनेरास्ववियूले ३० मत प्राप्त गरेको छ । अनेरास्ववियूले ३ जना सदस्य मनोनित गर्नेछ भने नेविसंघले २६ मत प्राप्त गरेको छ । २६ मत प्राप्त गरेको नेविसंघले २ जना सदस्य मनोनयन गर्न सक्ने छ ।