मनहरी–पुस २७ गते । मनहरी बहुमुखी क्याम्पसले बुधबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
क्याम्पसको नयाँ कार्य समिति चयन भएसंगै नयाँ कार्य समितिले प्राध्यापक र विद्यार्थी सहितको अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा विद्यार्थीहरुले प्राध्यापक र कार्य समिति समक्ष दुखेसो पोखेका छन् । के कति कायरणले शुल्क वृद्धि भयो भन्दै विद्यार्थीहरुले प्रश्न उठाएका छन् ।
क्याम्पस प्रशासनले २ वर्ष अघि क्याम्पसको मासिक शुल्क बढाएको थियो । साथै आगामी दिनमा यसै गरी पठनपाटन नै ठप्प नहोस भन्दै विद्यार्थीको भविष्यमा खेलवडा नगर्न आग्रह गरेका छन् ।
अन्तरािक्रयामा करिब ४ महिनासम्म क्याम्पसको पठनपाठन नभएको देखिए पनि चाडबाड विदा, चुनाव विदा, परीक्षा पछिको विदा मिलाउदा २ महिना मात्र पठनपाठन नभएको पाइएको कार्य समितिका अध्यक्ष ओम बहादुर ग्लान (प्रदीप) ले बताउनुभयो ।
उक्त २ महिना पठनपाठन नभएकोमा विद्यार्थीले पनि १ महिनाको मात्र शुल्क तिर्ने र प्राध्यापकले पनि १ महिनाको मात्र तलब भत्ता लिने निर्णय भएको छ ।
साथै प्राध्यापकहरुले पनि समितिलाई सुझाव दिएका छन् । प्राध्यापकहरुले आर्थिक व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका हुन् ।
विगत १६ महिना देखी बेतलबी बन्दै आएका प्राध्यापकहरुले आफ्ना सेवा सुविधा यथाशिघ्र भुक्तानी गर्न माग समेत गरेका छन् ।
कार्य समितले भने एकै चोटी नसकिए पनि यसलाई पटक पटक गरी सल्टाउदै लैजनो बाचा गरेको ग्लानले बताउनुभयो । क्याम्पस सुधारका लागि यतिखेर कार्य समितिले निरन्तर काम गरिरहेको छ ।
बुधबार मात्रै क्याम्पस परिसरमा नेट जोडिएको छ । बत्ति, खानेपानीको समेत आवश्यक व्यवस्थापन गर्दै जाने ग्लानले बताउनुभएको छ ।
त्यस्तै बुधबार भएको अन्तरक्रियामा निश्चित प्रयोजनका लागि मात्र बैंक खाता प्रयोग गर्ने, अनावश्यक अन्य बंैकमा रहेका खाताहरु बन्द गर्ने निर्णय भएको ग्लानले बताउनुभयो । अव क्याम्सको नयाँ कक्षा माघ २ गतेबाट नियमित सञ्चालन हुने भएको छ ।