Monday, March 17, 2025

नेकपा (एस) ले प्राप्त उपलब्धी जोगाउन आँट नगरेको भए काङ्ग्रेस र माओवादी आन्दोलनको मोर्चामा हुन्थ्योः गलान

ताजा / भरखरै प्राप्त

राक्सिराङ– कात्तिक २० गते । नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभा सांसद ओम बहादुर घलान पहिलो पटक गठबन्धनको सभामा औपचारिक रुपमा देखा पर्नुभएको छ ।

कार्तिक १९ गते शनिबार ,राक्सिराङ गाउँपालिका वडा नम्बर ६ र ७ को सिलिङ्गेमा भएको बृहद संयुक्त कार्यकतताए भेलालाई सम्बोधन गर्दै गाउँको ८० प्रतिशत भुगोलको बिकास नभई देशमा समृद्धि नआउने बताउनुभएको छ ।

No description available.

कार्यक्रमलाई सम्बोधन गर्दै गलानले हिजो चामलको दाना बाडेर बिकास निर्माण गर्ने बेलामा सांसद भएको बिरोध खतिवडा आजको जस्तो डोजरको बिकास भई नसकेको अवस्थामा सांसद भएको भन्दै खतिवडाले के गर्यो भन्दा उहाँले गरेको कामको फेहरिस्त भन्न घण्टौ लाग्न सक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले खतिवडाको पहलकदमीमा धेरै कामहरु भएको र त्यो अभियानमा उहाँ लगाएत सन्त बहादुर चेपाङ, ईन्द्र बहादुर बानियाँको पनि संगै जोडीएको बताउनुभयो ।

त्यस्तै उहाँले यदि माधब कुमार नेपाल, बिरोध खतिवडा ( नेकपा (एस) ) लगायतका नेताहरुले प्राप्त उपलब्धी जोगाउनकोलागी आँट नगरेको थियो भने माओवादी केन्द्र र नेपाली काङग्रेस यतिखेर सडकमा आन्दोलनको मोर्चामा हुने समेत प्रष्ट्याउनुभयो ।

यो उपलब्धीलाई जोगाउन नेकपा माओवादी केन्द्र र नेपाली काङ्रेसले ईमान्दारिता पूर्वक संघको उमेद्वारलाई भोट हाल्न कुनैपनी कन्जुस्याई गर्नुनहुने बताउनुभयो ।

सानो तिनो कुरामा अल्झेर सिङ्गो आन्दोलन प्रती घात गर्न नहुने भन्दै राजनैतीक चेत भएका मान्छेहरुले यस प्रती चनाखो हुनुपर्ने समेत बताउनुभयो ।

अहिलेका गठबन्धनले मुल रुपमा बर्तमान ब्यबस्था जोगाएको भन्दै नेकपा एमालेले हिजोकै वडा, हिजोकै गाबिसमा फर्कने प्रपञ्चमा लागेको हुँदा त्यसलाई सबैमिलेर असफल गराउनुपर्ने भनाई ब्यक्त गर्नुभयो ।

लोकप्रिय

Related Articles