मनहरी–कात्तिक १३ गते । छठ पर्वको मुख्य दिन आइतबार बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिइ मनाइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर ब्रत बस्ने गरिन्छ ।
दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन आइतबारर कठोर निराहार व्रत गरी बेलुकीको अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको छ ।
कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । पहिला तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
फलस्वरुप मनहरी गाउँपालिका वडा नम्बर ७ को मनहरी खोलाको पूलमुनी विधिवतरुपमा छठ मनाएका छन् । मनहरीमा छठ मनाउने समुदायको कमि र मनाउने मध्यकाले पनि पुरानो अर्थात मूल घरमा गएर मनाउनाले उपस्थितिको संख्या भने न्युन रहेको थियो ।
सोही समुदायका अगुवा राम बाबु शाहको अनुसार यो भन्दा ७–८ वर्ष पहिले २ जना व्यक्तिले शुरु गरेको स्मरण गर्दै अहिलेसम्म आइपुग्दा उपस्थिति बाक्लै भएको तर साचे जस्तो भने नभएको बताउनुभयो ।
आफ्नो पूख्र्यौली घरमा नै गएर मनाउने हुनाले पनि संख्यामा कमि भएको हुन सक्ने उहाँले बताउनुभयो । साथै स्थानीय सरकारले पनि यसको संरक्षणका लागि भूमिका खेल्नुपर्ने बताउनुभयो ।