राक्सिराङ–कात्तिक १ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनमा गठबन्धनलाई जिताउन राक्सिराङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रलाई नेतृत्व प्रदान गरेको छ ।
मंगलबार भएको गठबन्धन दलका नेताहरुको बैठकले यस क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार नभएका नेकपा माओवादी केन्द्रलाई नै नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडा र नेपाली काँग्रेसका इन्द्र बानियाँ जिताउने अभियानको नेतृत्व प्रदान गरेको हो ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका गाउँ कमिटि, वडा कमिटि, विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता सदस्य रहने गरि निर्वाचन परिचालन कमिटि कमिटि निर्माण गरिएको हो ।
त्यस्तै बैठकले नेपाली काँग्रेसको नेतृत्वमा ९ सदस्यीय आर्थिक ब्यवस्थापन समिति र नेकपा एकीकृत समाजवादीको नेतृत्वमा ९ सदस्यी प्रचार प्रसार समितिसमेत निर्माण गरेको छ ।
त्यस्तै ३ वटै दलको शिर्ष नेताहरुको सहभागीतामा अनुगमन समितिसमेत निर्माण गरिएको छ । बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन राक्सिराङ गाउँपालिकास्तरीय संयुक्त गठबन्धनको निर्वाचन परिचालन कमिटी निर्माण गरिएको हो