Friday, September 13, 2024

मकवानपुरमा डेंगूका बिरामी बढ्दै

ताजा / भरखरै प्राप्त

हेटौडा–भदौ ०६ गते । मकवानपुरमा डेंगू रोगका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको केही गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामाहरुमा अहिले डेंगू रोगका बिरामीहरु बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भिमसागर गुरागाँइका अनुसार, डेंगुका बिरामीहरु जिल्लाको थाहा नगरपालिका र केही गाउँपालिकामा पनि फाटफुट्ट भेटिएको बताउनुभयो ।

जिल्लामा डेंगू रोग नियन्त्रणमा गर्न सबै स्वास्थ्य चोकी, प्राथमिक उपचार केन्द्र र उपस्वास्थ्य चौकीहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र औषधीसहित सतर्कमा राखिएको समेत जनाएको छ ।

यस्तै, उहाँले डेंगू रोगबाट प्रभाबित गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाहरुमा रगतको नमुना संकलन गर्ने कार्यको लागि भदौंको दोस्रो साताबाटै थप स्वास्थ्यकर्मी र आवश्यकीय प्राविधिक साधनहरु उपलब्ध गराई प्रभाबित क्षेत्रतर्फ पठाउन तयारी भइरहेको जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा गरि हालसम्म ७५ जना डेंगू रोगका बिरामी फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

लोकप्रिय

Related Articles